सीमाबाट कोरोना संक्रमण भित्रिने दर उच्च « Khabarhub

सीमाबाट कोरोना संक्रमण भित्रिने दर उच्च


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ ।

केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ । भारतमा पछिल्लो दिन संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखापर्न लागेको हो ।

नेपाल भारत सीमा बेलहियामा मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।

लामो समय भारत बसेर आउनेहरूलाई सीमा विन्दुमै शंका लागे परीक्षण भइरहेको छ । पछिल्लो एक साताबाट संक्रमितको संख्या बढेको छ । भारतबाट आउनेमध्ये दैनिक करिब ३०० जनाको एन्टिजेन परीक्षण गर्दा २०÷२५ जनामा संक्रमण पुष्टि भएको हेल्थ डेस्कमा खटिएका रेडक्रसका हेल्थ डेस्कका इन्चार्ज अभिनव निरौलाले बताए ।

‘नेपाल रेडक्रस सोसाइटीले बिहान ६ बजेबाट शंकास्पद र रोजगारीबाट आएका नागरिकको एन्टिजेन परीक्षण र स्क्रीनिङ गरेपनि तीन चार दिनबाट संक्रमितको संख्या बढेका छन, संक्रमितमध्ये अधिकांश तीर्थयात्री र रोजगारीमा रहेका नेपालीहरू रहेका छन्’, उनले बताए ।

भारतका विभिन्न शहर र विदेशी मुलुकहरूमा कोरोनाको नयां भेरियन्ट ओमिक्रोन देखिएका बेला पोजिटिभ देखिनेहरू अधिकांश दिल्ली, कलकत्ता, बनारस, गया, काशी लगायतका क्षेत्रबाट आएकाहरू छन् ।

दैनिकरुपमा संक्रमित बढे पनि सीमामा खासै सर्तकता अपनाइएको छैन । सीमामा दैनिक उपाभोग्य र बजार हजारौ नागरिक ओहोरदोहोर गरिरहेका छन् । जसबाट पनि संक्रमण रोकथामका लागि प्रभावकारी देखिँदैन ।

नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १२ : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु