नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि | Khabarhub Khabarhub

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो ।

२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

‘पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : ५१ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ