‘आरआरआर’विरुद्ध छात्रको उजुरी « Khabarhub

‘आरआरआर’विरुद्ध छात्रको उजुरी


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले कोरोना महामारीका कारण प्रदर्शन मितीलाई सारिसकेको छ । यसअघि यो फिल्म जनवरी ७ अर्थात आजबाट रिलिजको तयारीमा थियो । अहिले यो फिल्मविरुद्ध तेलंगाना उच्च अदालतमा उजुरी दर्ता गरिएको छ । उजुरीमा तथ्यलाई तोडमोड गरेको आरोप लगाइएको छ ।

समाचारअनुसार अदालतमा एक छात्रले उजुरी दिएका हुन् । सौम्या नामका छात्रले दर्ता गराएको उजुरीमा फिल्मले ऐतिहासिक तथ्यलाई तोडमोड गरेको जनाइएको छ । उनले फिल्म रिलिज रोक्न पनि माग गर्दै सेन्सर बोर्डलाई सर्टिफिकेट नदिन आग्रह गरेका छन् ।

उजुरीलाई तेलंगाना उच्च अदालतमा न्यायधिस उज्जवल बयानको बेञ्चले हेरिरहेको छ । बेञ्चले उजुरीलाई जनहित उजुरी भनेको छ । यसको सुनुवाई मुख्य न्यायधिसको बेञ्चले गर्नेछ ।

यद्यपि फिल्म निर्माताले यो विषयमा केही बोलेका छैनन् । फिल्ममा जूनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्ट प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : ३४ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ