‘आरआरआर’विरुद्ध छात्रको उजुरी | Khabarhub Khabarhub

‘आरआरआर’विरुद्ध छात्रको उजुरी


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले कोरोना महामारीका कारण प्रदर्शन मितीलाई सारिसकेको छ । यसअघि यो फिल्म जनवरी ७ अर्थात आजबाट रिलिजको तयारीमा थियो । अहिले यो फिल्मविरुद्ध तेलंगाना उच्च अदालतमा उजुरी दर्ता गरिएको छ । उजुरीमा तथ्यलाई तोडमोड गरेको आरोप लगाइएको छ ।

समाचारअनुसार अदालतमा एक छात्रले उजुरी दिएका हुन् । सौम्या नामका छात्रले दर्ता गराएको उजुरीमा फिल्मले ऐतिहासिक तथ्यलाई तोडमोड गरेको जनाइएको छ । उनले फिल्म रिलिज रोक्न पनि माग गर्दै सेन्सर बोर्डलाई सर्टिफिकेट नदिन आग्रह गरेका छन् ।

उजुरीलाई तेलंगाना उच्च अदालतमा न्यायधिस उज्जवल बयानको बेञ्चले हेरिरहेको छ । बेञ्चले उजुरीलाई जनहित उजुरी भनेको छ । यसको सुनुवाई मुख्य न्यायधिसको बेञ्चले गर्नेछ ।

यद्यपि फिल्म निर्माताले यो विषयमा केही बोलेका छैनन् । फिल्ममा जूनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्ट प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : ३४ बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको