केशवलाई कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार « Khabarhub

केशवलाई कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छन् । साझा सेवा (सहकारी संस्था) लिमिटेडले शुक्रबार ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उद्देश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताइन् ।

मन्त्री श्रेष्ठले नीतिगत, कानुनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको भन्दै नियतमा भएको खरावी अन्त्यका लागि सबै लाग्नु पर्नेमा जोड दिइन् ।

उनले संविधानमा व्यवस्था भएको तिन खम्बे नीति अनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्दै गरिवी न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सकिने पनि बताइन् ।

बजार अनुशासन, मर्यादा र कारोवारमा पारदर्शिता कायम गर्दै जनतालाई महशुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरुले कार्ययोजना नै बनाएर अगाडी बढ्नु पर्नेमा समेत मन्त्री श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनु हुने केशव बडाललाई प्रदान गरेकी थिइन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : १३ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको