एन्फा चुनाव १५ जेठमा « Khabarhub

एन्फा चुनाव १५ जेठमा


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचन आगामी १५ जेठ गते हुने भएको छ ।

एन्फा कार्यसमितिको बैठकले आवधिक निर्वाचनका लागि १५ जेठको मिति तय गरेको एन्फा स्रोतले जानकारी दियो ।

वैशाख २०७५ मा भएको एन्फाको पछिल्लो निर्वाचनबाट कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । एन्फाको विधानअनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन गर्नुपर्छ ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलगायत कार्यसमितिका सात असन्तुष्ट पदाधिकारी तथा सदस्यहरूले बैठकको लिखित माग गरेपछि एन्फाको बैठक बिहीबारलाई बोलाइएको थियो ।

१९ एजेन्डामा छलफलका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्य किरण राईले थप्न चाहेका तीनसहित २२ विषयमा छलफल भइरहेको छ ।

बिहीबार बैठक सम्पन्न नभएपछि शुक्रबारसम्म लम्बिएको थियो । न्यूजकारखाना

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : १५ बजे

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै