निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु « Khabarhub

निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – जिल्लाको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो ।

सो गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला-४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएको जानकारी दिए । हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ ।

भवन निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गर्ने हुने अपेक्षा गाउँपालिकाले लिएको छ । भवन बनाउन गाउँपालिकाले केही समय अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।

स्थानीयवासीले भवन बनाउन जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो । गत वर्ष शिलान्यास भएको अस्पतालको निर्माण भने बल्ल सुरु भएको छ ।

अस्पताल विशेष गरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ९ : २५ बजे

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर– यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ

समानुपातिकमा रास्वपाले ५० लाख मत कटायोः कुन दलको कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार

चितवन– ३ मा कांग्रेस र एमालेका उम्मेदवारले गुमाए जमानत

चितवन– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

प्रत्यक्षतर्फ बढारिए ७० माथिका अधिकांश, चार जनाले जित्दा ज्येष्ठ सदस्य गुरुङ

काठमाडौं – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा जेठा सांसद

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट