जाडोमा छालाको स्याहार कसरी गर्ने ? « Khabarhub

जाडोमा छालाको स्याहार कसरी गर्ने ?


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विशेष गरी जाडोमा मानिसका शरीरको छाला सुख्खा हुने, हातखुट्टा, ओठ फुट्ने समस्या देखिन्छन् । त्यसैगरी अर्को ‘चिलब्लेन्स’ भन्ने हुन्छ । यसले हात गोडाहरु सुन्निने हुन्छ । चिसो लागिसकेपछि हातहरु रातो अनि घाउहरु जस्तो हुने कहिलेकाहीं पानीफोकाहरु पनि आउन सक्छ ।

अर्को ‘ह्यान्ड एक्जिमा’ हुने सम्भावना हुन्छ । छाला सुख्खा भइ जाडोमा हातखुट्टाहरु चिलाउने, पानीफोका निस्किने र कहिलेकाहीं पटपट फुट्ने समस्या पनि हुन सक्छन् । धेरैजस्तो साबुन, सर्फहरुमा धेरै समय बिताए यो समस्या बढ्छ । त्यसैले जाडोमा छालाको स्याहार अलि बढी गर्नुपर्छ ।

जाडोमा छालामा समस्या हुने कारण
– साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या हुन्छ ।

– धेरै तातो पानीले नुहाउनाले छाला सुख्खा हुन्छ ।

– ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ ।

– विभिन्न रोगका औषधि सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ ।

– छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ ।

– पटक पटक धेरै पानी चलाउँदा पनि हात फुट्ने हुन्छ ।

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने
– जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।

– खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउने गर्नुपर्छ ।

– छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ ।

– धेरै तातो पानीले नुहाउनु हुँदैन ।

– कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने ।

– नुहाउना साथ मोइस्चराइजर क्रिम लगाइहाल्ने । जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।

– यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।

यति गर्दा गर्दै पनि तपाईंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।

– विना न्यौपानेले मेडिसिटीमा कार्यरत डर्माटोलोजिष्ट डाक्टर उमा क्यालसँग गरेको कुराकानीमा आधारित

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १ : १५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका