गोकर्णेश्वर नगरपालिकामा विद्यालय खुले, पठनपाठन सुरु « Khabarhub

गोकर्णेश्वर नगरपालिकामा विद्यालय खुले, पठनपाठन सुरु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाको तेस्रो लहरको संक्रमण उच्च गतिमा बढेपछि सरकारले स्मार्ट लकडाउनको घोषणा गर्दै माघ मसान्तसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार देशभरका सबै शैक्षिक संस्था बन्द छन् ।

तर, संघीय राजधानी काठमाडौको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालय २३ माघदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णयसहितको सूचना जारी गर्यो । नगरपालिकाको शिक्षा समितिको गत १८ माघमा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबार विद्यालय खुले पनि सरस्वती पूजा भएको हुनाले सोमबारबाट नियमित पठनपाठन सञ्चालन भएको छ ।

सिसिएमसीले भने १ फागुनदेखि भौतिक रूपमै बिद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका बताए ।

नगरपालिकाभित्रका सबै बिद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको फाइजर खोपको पहिलो मात्रा दिइसकेको र आजबाट दोस्रो मात्रा दिन सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : ०० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका