विद्यार्थी र प्रहरीबीच झडप, पाँच विद्यार्थी घाइते | Khabarhub Khabarhub

विद्यार्थी र प्रहरीबीच झडप, पाँच विद्यार्थी घाइते


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियू रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । कार्यक्रममा विद्यार्थीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि विद्यर्थीहरूले गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियूले जनाएको छ ।

नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने झडप नभई सामान्य धकेलाधकेल भएको बताए । कार्यालय समयमा कामकाजलाई समेत प्रभाव पार्ने गरी प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : ४५ बजे

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्यो, सावधानी अपनाउन आग्रह

काठमाडौं– उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह

कृषिसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको बैठक बस्दैछ

माओवादी स्थायी समिति बैठक बस्दै, अध्यक्षको प्रस्तावमा नेताहरूले धारणा राख्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक

भारतीको ब्याटिङमा जडेजाको कीर्तिमान : के-के बने रेकर्ड ?

काठमाडौं – इंग्ल्यान्डमा शृङ्खला जोगाउन सङ्घर्ष गरिरहेको भारतले ब्याटिङमा थुप्रै