बेइजिङ ओलम्पिकः रोबटले वितरण गर्छ आगन्तुकलाई खाना « Khabarhub

बेइजिङ ओलम्पिकः रोबटले वितरण गर्छ आगन्तुकलाई खाना


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङका २ करोड २० लाख मानिसहरुलाई कोभिड संक्रमणको जोखिमबाट जोगाउन चीनले सहरभित्र पनि अर्को सहर खडा गरेको छ, जहाँ बस्ने अतिथिलाई बाहिरी मानिसहरुसँग छलफल र भेटघाट गर्न छुट छैन । उनीहरुलाई इन्टनेटको पहुँचको सुविधा छ भने खानेकुरा रोबटले नै वितरण गर्छ ।

ओलम्पिक र प्यारालम्पिक खेलका लागि दुई महिनाको अवधिमा दशौं हजार खेलाडी र उनीहरुलाई सहयोग गर्ने व्यक्तिलाई निश्चित स्थानमा राखिएको छ । मध्य बेइजिङबाट थोरै बाहिर रहेको यानकिङ जिल्ला र बेइजिङनजिकैको हिबेइ प्रान्तको झाङजिअकोउ सहरमा आगन्तुकहरुलाई राखिएको छ ।

कोभिड शून्य नीतिमा जोड दिने पहलस्वरुप चीनले ओलम्पिकलाई त्यहाँको घना जनसंख्याबाट पूर्णरुपमा अलग गरेको हो । चाँडै फैलिने ओमिक्रोन भेरियन्टका कारण कोभिड संक्रमण फैलिएसँगै सरकारले ओलम्पिक प्रतिबन्धलाई थप कडाइ गरेको छ । ओलम्पिकमा दर्शकहरुको भिड नियन्त्रण गर्ने योजनाअनुसार अन्तिम समय अर्थात मध्य जनवरीमा घरेलु दर्शकहरुलाई टिकट बिक्री रोक्ने निर्णय गरिएको थियो ।

खेलका लागि समर्पित सवारी साधनहरु घेराबन्दी गरिएको निश्चित क्षेत्रमा मात्र आफ्नो लेनमा गुड्नेछन् । र, स्थानीयहरुलाई दुर्घटनाको समयमासमेत टाढै रहन सुभाव दिइएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले ३ फेब्रुवरीमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘दुर्भाग्यवश तपाईहरु केबल निश्चित घेराभित्र रहेका मानिसहरुसँग मात्र बोल्न सक्नु हुनेछ । ’

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : ३० बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा