सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैनः संविधानविद् | Khabarhub Khabarhub

सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैनः संविधानविद्


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् ।

सरकारको चाहनाअनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न नमानेपछि उनी विवादमा तानिएका हुन् ।

त्यसो त अघिल्लो केपीशर्मा ओली नेतृत्वको सरकारको पालामा पनि उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न मानेका थिएनन् ।

लोकतान्त्रिक तथा संसदीय व्यवस्थाको मूल्य मान्यताभन्दा पनि आफ्नो इच्छाअनुसार संसद चलाउन खोजेको आरोप सापकोटामाथि लागेको छ ।

सापकोटा नेपाल कम्युनिस्ट पार्टी विभाजन नहुँदै सोही पार्टीको प्रस्तावमा सभामुख भएका थिए । पार्टी एकीकरण हुनुअघि उनी नेकपा माओवादी केन्द्रमा आवद्ध थिए । अदालतको आदेश पश्चात् एमाले र माओवादी अलग भएका थिए ।

अहिले माओवादी एमसीसी प्रस्ताव संसदमा टेवल नगर्ने पक्षमा उभिएको छ, जसले सत्तारुढ गठबन्धनभित्र फाटोसमेत ल्याएको छ । सभामुख सापकोटाले माओवादीको इच्छाअनुसार संसदमा एमसीसी प्रस्ताव टेवल गर्न आनकानी गरेको सत्तारुढ गठबन्धनकै नेताहरूले बताउँदै आएका छन् ।

सभामुख सापकोटाकै कारण अहिले एमसीसी प्रस्ताव संसदमा टेवल हुन सकेको छैन । एमसीसी प्रस्ताव संसदमा टेवल हुन नसके के हुन्छ भन्नेमा अहिले धेरैको चासो देखिन्छ ।

संसदको प्रमुख प्रतिपक्षी दल एमालेले त सभामुख हटाउने माग राखी कैयौँ दिनदेखि संसद अवरुद्ध गर्दै आएको छ । अहिले एमसीसी प्रस्ताव रोकिँदा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका नेताले समेत सभामुखलाई हटाउनुपर्ने माग गर्न थालेका छन् । केहीले त सभामुखविरुद्ध महाअभियोग प्रस्ताव लैजानुपर्ने मागसमेत गरेका छन् ।

के अहिलेको अवस्थामा सभामुखलाई हटाउन सम्भव छ त ? सभामुखविरुद्ध महाअभियोग प्रस्ताव संसदमा लैजान मिल्छ त ? हामीले यी प्रश्न संविधान तथा कानुनविदहरूलाई सोधेका थियौँ ।

संविधान तथा कानुनविदहरूको एउटै तर्क छ– ‘सभामुखलाई महाअभियोग लगाएर हटाउन मिल्ने व्यवस्था संविधानमा छैन ।’

संविधानविद भीमार्जुन आचार्य सभामुख सापकोटालाई महाअभियोग लगाएर हटाउन नमिल्ने तर दुई तिहाइ सांसदले चाहेमा भने हटाउन सक्ने बताउँछन् ।

‘संविधानमा सभामुखलाई महाअभियोग लगाउने व्यवस्था छैन । कार्य क्षमताको प्रश्न उठाएर दुई तिहाइ सांसदको समर्थनमा प्रस्ताव पारित गरी सभामुखलाई हटाउन सक्ने व्यवस्था छ,’ आर्चायले भने ।

अहिले प्रतिनिधिसभामा उपसभामुख पद रिक्त छ । यदि सभामुखलाई हटाइए दुवै पद खाली हुनेछ । आचार्य थप स्पष्ट पार्छन्, ‘उपसभामुख नहुँदा पनि सभामुखलाई हटाउन सक्ने व्यवस्था संविधानमा छ ।’

कानुनविद रमेश बडालले पनि दुई तिहाइ सांसदको समर्थनमा सभामुखलाई हटाउन सक्ने बाहेक अन्य कुनै व्यवस्था संविधानमा नभएको प्रष्ट पारे ।

बडालले भने, ‘सभामुखलाई महाअभियोग लाग्दैन तर पद अनुकुलको आचारण नगरेको भनेर दुई तिहाइ सांसदको समर्थनमा पदबाट हटाउन सकिन्छ ।’

यस्तै, पूर्वसभामुख दमननाथ ढुंगाना सभामुखलाई सरकारको विजनेश रोक्ने अधिकार नहुने बताउँछन् ।

सदनमा टेवल गर्न खोजिएका प्रस्तावहरू सभामुखलाई व्यक्तिगत रूपमा मन पर्नु वा नपर्नु फरक पाटो भएको तर मन नपरेकै कारण सदनमा टेवल गर्न रोक्नेसम्मको अधिकार भने नभएको उनको भनाइ छ ।

‘टेवल भएका प्रस्ताव प्रतिनिधिसभा सदस्यले समर्थन र विरोधमा पास वा फेल गराउन सक्छन् तर सभामुखले प्रस्ताव नै टेवल गर्न भने रोक्न मिल्दैन,’ पूर्वसभामुख ढुंगानाको बुझाइ छ, ‘सभामुखले क्षेत्राधिकारभन्दा बाहिरको कदम चाले प्रतिनिधिसभा सदस्यले नै उनलाई हटाउन सक्ने कानुनी व्यवस्था छ ।’

नेपालको संविधानको धारा ९१ को उपधारा ६ मा प्रतिनिधिसभाको सभामुख पद रिक्त हुने अवस्थाबारे उल्लेख छ । संविधानअनुसार तीन वटा अवस्थामा सभामुख पद रिक्त हुनसक्छ वा सभामुखलाई हटाउन सकिन्छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : ०५ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र