२० लाख खर्चेर आफन्तको सालिक निर्माण « Khabarhub

२० लाख खर्चेर आफन्तको सालिक निर्माण


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार तुङ्खा घर भइ हाल बेलायतमा बस्दै आएका नवीनकुमारी इमेहाङ चबेगु र हरिबहादुर चबेगुले छथर गाउँपालिका–४ फाक्चामारा हाक्पारामा आफन्तको सालिक निर्माण गरेका छन् ।

नवीनकुमारीको बुबा स्वर्गीय चहकमान इमेहाङ र आमा स्वर्गीय हर्करोती सम्बाहाम्फे इमेहाङको स्मृतिमा २० लाख रुपैयाँ लगानीमा सालिक तथा पाटी निर्माण गरेको व्यवस्थापक मानबहादुर इमेहाङले बताए । नवीनकुमारीको बुबा–आमा तथा हरिबहादुरको सासु–ससुराको स्मृतिमा सालिक निर्माण गरी अनावरण गरेका हुन् ।

सोही अवसरमा दुई वटा विद्यालयमा स्व. चहकमान हर्करोति छात्रवृत्ती अक्षयकोष स्थापना गरिएको । छथर गाउँपलिका–४ फक्चामारा हक्पारामा रहेको जलकन्या आधारभुत विद्यालय र सिद्धगणेश माध्यमिक विद्यालयमा एक लाख ५० हजारको दरले अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको ब्याजबाट वार्षिक बसन्त पञ्चमीको दिन आर्थिक रुपमा कमजोर असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरिने छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : ४५ बजे

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ

गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

कञ्चनपुर– सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू

चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग