बेलायतले २१ लाख डोज कोरोना खोप पठाउँदै, ८ लाख आइपुग्यो « Khabarhub

बेलायतले २१ लाख डोज कोरोना खोप पठाउँदै, ८ लाख आइपुग्यो


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौँ आइपुगेको छ ।

नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन् ।

‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यीमध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटरमार्फत् भनेकी छन्, ‘खोपले काम गर्छ ।’

बाँकी खोपहरू केही दिनभित्रै काठमाडौँ आइपुग्ने जनाइएको छ ।

‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : ११ बजे

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं– पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल

भक्तपुरमा बिस्केट जात्राका लागि भैरव–भद्रकाली रथ निर्माण सुरु

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका

माटोको ढिस्कोले पुरिएर १६ वर्षीया किशोरीको मृत्यु

डोटी– घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल

नयाँ सांसदलाई शपथ गराउने हल हतार हतार बनाइँदै (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको