जाडोमा छालाको स्याहार कसरी गर्ने ? « Khabarhub

जाडोमा छालाको स्याहार कसरी गर्ने ?


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विशेषगरी जाडोमा मानिसका शरीरको छाला सुख्खा हुने, हातखुट्टा, ओठ फुट्ने समस्या देखिन्छन् ।

त्यसैगरी अर्को ‘चिलब्लेन्स’ भन्ने हुन्छ । यसले हात गोडाहरु सुन्निने हुन्छ । चिसो लागिसकेपछि हातहरु रातो अनि घाउहरु जस्तो हुने कहिलेकाहीं पानीफोकाहरु पनि आउन सक्छ ।

अर्को ‘ह्यान्ड एक्जिमा’ हुने सम्भावना हुन्छ । छाला सुख्खा भइ जाडोमा हातखुट्टाहरु चिलाउने, पानीफोका निस्किने र कहिलेकाहीं पटपट फुट्ने समस्या पनि हुन सक्छन् । धेरैजस्तो साबुन, सर्फहरुमा धेरै समय बिताए यो समस्या बढ्छ । त्यसैले जाडोमा छालाको स्याहार अलि बढी गर्नुपर्छ ।

जाडोमा छालामा समस्या हुने कारण

– साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या हुन्छ ।
– धेरै तातो पानीले नुहाउनाले छाला सुख्खा हुन्छ ।
– ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ ।
– विभिन्न रोगका औषधि सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ ।
– छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ ।
– पटक पटक धेरै पानी चलाउँदा पनि हात फुट्ने हुन्छ ।

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने

– जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।
– खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउने गर्नुपर्छ ।
– छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ ।
– धेरै तातो पानीले नुहाउनु हुँदैन ।
– कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने ।
– नुहाउना साथ मोइस्चराइजर क्रिम लगाइहाल्ने । जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
– यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।

यति गर्दा गर्दै पनि तपाईंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।

मेडिसिटीमा कार्यरत डर्माटोलोजिष्ट डाक्टर उमा क्यालसँग गरेको कुराकानीमा आधारित

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ०० बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड