गोलभेँडा, साग र दूध धेरै भएर फ्याँक्ने अवस्था आए के गर्ने ? « Khabarhub

गोलभेँडा, साग र दूध धेरै भएर फ्याँक्ने अवस्था आए के गर्ने ?


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै फलफूल किनेर राख्दा कैयौँ पटक सेवन गर्न नपाइ ती फलहरू कुहिएर वा सुकेर नष्ट हुन्छन् । फल भण्डार गरेर वा वासी राखेर खानु लाभदायक हुँदैन । त्यसैले त्यति नै फल खरिद गर्नु पर्दछ जति आवश्यक होस् । तथापि सेवन गर्न नपाइ फल कुहिए के गर्ने ?

यदि फल सेवन गर्न नपाई खराब हुन लाग्यो भने डस्बिनमा फ्याँक्ने भन्दा त्यसलाई कुनै ड्रिङ्क, जाम वा जेली बनाएर राख्न सकिन्छ । यसलाई ब्रेड, रोटीमा लगाएर सेवन गर्न पनि सकिन्छ । तर गोलभेँडा, बासी तरकारी र दूध खेर जान नदिन के गर्ने त ?

गोलभेँडा
गोलभेँडा भान्सामा दिनहुँ प्रयोग हुन्छ । तर, गोलभेँडा भने क्रमशः खराब हुँदै जान्छ । त्यसैले गोलभेँडा प्रयोग गरी नसक्दै विग्रने अवस्था आयो भने त्यसलाई सुप बनाएर पिउन सकिन्छ । वा अचार बनाएर राख्न पनि सकिन्छ ।

बासी तरकारी
धेरैमा सागसब्जी आवश्यकता भन्दा बढी खरिद गर्ने र भण्डारण गर्ने बानी छ । तर सागसब्जी एकै पटक धेरै खरिद गरेर राख्नु भन्दा ताजा खरिद गरी पकाउनु राम्रो हुन्छ । ताजा सागसब्जीमा पाइने जति मिनरल्स र खनिज बासीमा पाइँदैन । यस्तोमा साग बासी भयो भने त्यसलाई घाममा ओइलाएर बोतलमा खदिँलो बनाउने । पछि त्यसको अमिलो बास्ना आउन थालेपछि पुन घाममा सुकाएर गुन्द्रक बनाउन सकिन्छ । मुला, गाजरलाई अचार बनाउन सकिन्छ ।

दूध
यदि दूध वासी भयो वा धेरै भएको अवस्थामा त्यसलाई दही बनाउन सकिन्छ । दूध फाट्यो भने त्यसलाई कागतीको रस चुहाएर फेरी उमाल्ने छोक्रा र पानी छुट्याएर पनिर बनाउन सकिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ०७ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका