दाँत किन कुँडिन्छ ? | Khabarhub Khabarhub

दाँत किन कुँडिन्छ ?


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वस्थ दाँत धेरै बलियो हुन्छ । दाँत बलियो हुनुमा यसको बाहिरी भाग ढाक्ने सेता रंगको कडा वस्तु इनामेल हो । यो नै हाम्रो शरीरको सबैभन्दा कडा बस्तु हो ।

इनामेल हाम्रो शरीरकै सबैभन्दा कडा बस्तु हो । तर यस्तो कडा बस्तुलाई पनि अमिलो वा एसिडले खियाइदिने गर्छ । हामीले अमिलो खाँदा दाँत कुँडिनुको मुख्य कारण पनि अमिलोले इनामेललाई खियाइदिएकैले हो । दाँतमा इनामेल बन्ने काम निरन्तर चलिरहेको हुन्छ । त्यसैले अमिलोले खियाइदिएको इनामेलको ठाउँमा केही समयपछि नयाँ इनामेल आउँछ । अनि कुँडिएको दाँत ठिक भएर जान्छ ।

इनामेलले ढाकेको भन्दा भित्रपट्टिको दाँतको भागलाई डेन्टाइन भनिन्छ । यो भाग नरम हुने भएकोले मौका पाएमा कीटाणुहरू सजिलै यसमा पस्न सक्दछन् । दाँतको यस भागलाई इनामेलले छोपेर राख्ने हुनाले सजिलै यस भागमा कीटाणु पस्न सक्दैन । डेन्टाइन भन्दा तलको दाँतको भागलाई पप क्याभिटी भनिन्छ । गिजा भन्दा बाहिर निस्केको दाँतको भागलाई क्राउन भनिन्छ ।

हाम्रा मुख भित्र लाखौँ ब्याक्टेरिया हुन्छन् । यी ब्याक्टेरियाहरु मध्ये धेरैजसो फाइदाजनक हुन्छन् । यिनीहरूले खानेकुरालाई टुक्र्याएर, गलाएर सजिलै पचाउन सक्ने बनाइ दिन्छन् । तर कतिपय ब्याक्टेरिया भने हानिकारक हुन्छन् । मुखमा हुने ब्याक्टेरियाहरुमध्ये एसिड उत्पादन गर्ने ब्याक्टेरिया दाँतका लागि शत्रु नै हुन्छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ०४ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराई क्षेत्रमा हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार