युद्धमा इन्टरनेट अफवाह: टिकटकले थपियो पीडा | Khabarhub Khabarhub

रुस-युक्रेन युद्ध

युद्धमा इन्टरनेट अफवाह: टिकटकले थपियो पीडा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साथीसँगको रमाइलो मै दिन कटाउने तथा क्यारियरको बारेमा सोच्नु पर्ने उमेरमा युक्रेनका युवाको दिनचर्या अहिले फरक छ। उनीहरूले सोचका थिएनन् कि कुनै समय देशका लागि हतियार बोक्नु पर्नेहुन्छ भनेर। रुसले एकै पटक हतियार मात्र छाडेको छैन, युक्रेनको सूचना सङ्ग्रह गर्न तथा त्यहाँ अफवाह फैलाउन इन्टरनेटको प्रयोग पनि त्यत्तिकै प्रयास गरेको छ।

रुसले युक्रे माथि गरेको आक्रमण दोस्रो सातामा प्रवेश गरेको छ। संसारले नचाहेको यो युद्धकलामा धेरै दुःखका कथा लेखिए। यसै दुःखको कथा सञ्चार माध्यममा प्रकाशित भइरहेका छन्।

युक्रेन राजधानी किभकी २४ वर्षीया क्याट्रिनले गत बिहीबार उठ्ने बित्तिकै बम विस्फोटको आवाज सुनिन्। यसको लगत्तै उनले सामाजिक सञ्जालमा निराशाजनक अभिव्यक्ति देखिन्। तत्कालै आफूले सबै सामान प्याक गरेको बताउने उनी लेभीभको बाहिरी सहरमा पुगेकी थिइन्। जहाँ व्वाइफ्रेन्ड, छिमेकी र कुकुरसँग दिन कटाउन सक्थिन्। बेसमेन्टमा पुग्ने बित्तिकै उनले स्क्रोल गरेर इन्सटाग्राममा पोस्ट भएका सामग्रीहरू हेर्न सुरु गरिन्।

इस्टाग्राममा उनी तथ्यमूलक समाचार मात्र पढिरहेकी थिइनन्। केही भ्रामक अफवाह पनि त्यहाँ थिए। रुस र युक्रेनबीचमा कुनै युद्ध नै नभएको र त्यत्तिकै हौवा चलाइएका विषय समेत इस्टाग्राममा थिए।

इस्टाग्राम उनी तथ्यमूलक समाचार मात्र पढिरहेकी थिइनन्। केही भ्रामक अफवाह पनि त्यहाँ थिए। रुस र युक्रेनबीचमा कुनै युद्ध नै नभएको र त्यत्तिकै हौवा चलाइएका विषय समेत इस्टाग्राममा थिए।

‘मैले एउटा एकाउन्टलाई ब्लक गर्ने बित्तिकै अर्को एकाउन्टबाट अर्को केहीको फोटो देखियो। तिनी रसियन थिइन्’, आफ्नो सामाजिक सञ्जालको अनुभव सुनाउँदै क्याट्रिनले भनिन्।

अहिले युद्धकै विषयमा विभिन्न खाले ट्रोल सामाजिक सञ्जालमा देखिन थालेका छन्। रसियन युक्रेनमा रहेका युवासँग सम्पर्क गरिरहेका छन्।

रसियनहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा विषयले १८ वर्षीय एलीनालाई हैरानी नै भएको थियो। युक्रेनको दक्षिण पूर्वी सहर झापोरिझीयामा गोलाबारी हुनै लागेको र त्यो सहर चाँडै नै ध्वस्त हुने कुरा सामाजिक सञ्जालमा उल्लेख गरिएको थियो। त्यो पनि अफवाह सिवाय केही थिएन।

एलीनाकै अनुसार त्यो समाचार च्याटमार्फत एकले अर्कालाई तीव्र रूपमा पठाएका थिए। त्यो एउटा सामग्रीका कारण त्यस क्षेत्रमा धेरै जनामा थप बेचैनी पैदा भएको थियो। उनी भन्छिन्, ‘रसियनले हाम्रो आइडी पत्ता लगाएर कतै बम विस्फोट हुन लागेको त कतै क्षति भइ सकेका भनेर सन्देश पठाउने गरेका छन्। कुन रसियनले पठाएको अफवाह हो र कुन साँचो हो भनेर पत्ता लगाउन साँच्चै कठिन हुन्छ।’

तस्बिर : युक्रेन सैनिकले खसालेका रुसी विमान

टेलिग्राममार्फत आफ्नै घर नजिक रहेको एयरपोर्टमा बम पड्किएर क्षतविक्षत भएको भन्ने भिडियो उनीकहाँ पुगेको थियो। वास्तवमा माउरी पुल नजिकको एक स्थानमा भएको विस्फोटको भिडियो एयरपोर्टमा भएको भन्दै पठाइएको थियो।

सन् २०२० मा लेबनानको बेरुतमा भएको विस्फोटसहित अनेकन् विस्फोटका सामग्रीसहित टिकटक बनाइएका छन्। यस्ता टिकटकमा लाखौँ जनाले फलो गरेका छन्। धेरैले यस्ता सामग्री हेरेका पनि छन्।

युद्ध सुरु हुँदा बेलायतमा रहेकी २० वर्षीया माटाले सिरिया र इराकको युद्धको अनेकौँ भिडियो पाएकी छिन्। यी भिडियोको बारे अनेकौँ अफवाह फैलाइएका छन्। युक्रेनी युवालाई इन्टरनेटको माध्यमबाट मानसिक दबाब दिने अभियानमा उनलाई प्रताडित गराइएको छ। आफूले यस अघि नै धेरै पटक देखेको भिडियो युक्रेनको भन्दै पोस्ट गरेको देखेपछि सुरुमा त उनलाई आश्चर्य लागेको थियो। उनी टिकटक हेरिरहँदा नै आक्रोशित हुने गरेको बताउँदै आफ्नो घरको अवस्था के होला भन्ने सोचीरहेकी छिन्।

इन्टेनेटको अफवाहबाट जोगाउन अभियान
इन्टरनेटको अफवाह यत्तिमा सीमित भएन। क्यट्रिना, एलीना र मार्टा तीनै जना यस युद्धमा रुस पक्षमा रहेकाको आइडी पत्ता लगाउँदै यसका विरुद्धमा लाग्न सुरु गरे। उनीहरूले यस्ता आइडीबाट आउने कुनै पनि सामग्री झुटो हुने र यसको पछि नलाग्नका लागि युक्रेनीका सामु सन्देश दिने अभियान नै थालेका छन्।

आइडीबाट युक्रेनलाई तथानाम गाली गरिएको तथा रुसलाई महान् भनेर सम्बोधन गर्ने गरिएको छ। ‘मैले याद गरेको यस्ता एकाउन्टमा रुसको झन्डा हुन्छ। शून्य लाइक तथा शून्य फलोअर हुन्छ, ’ मार्टाले भनिन्। त्यस शून्य लाइक र फलोअरको मतलब त्यो एकाउन्ट निश्चित प्रायोजनका लागि मात्र भर्खरै खोलिएको हो।

धेरै टिकटक एकाउन्ट खोल्नेले अन्य अनलाइनमा देखेकै कुरा सेयर गर्ने गरेको पनि मार्टा बताउँछिन्। मार्टाले भने अनुसार त्यसता आइडी चलाउनेले आफ्नो वास्तविक नाम समेत लुकाउने गरेका हुन्छन्।

यस्ता धेरै टिकटक एकाउन्ट खोल्नेले अन्य अनलाइनमा देखेकै कुरा सेयर गर्ने गरेको पनि मार्टा बताउँछिन्। मार्टाले भने अनुसार त्यसता आइडी चलाउनेले आफ्नो वास्तविक नाम समेत लुकाउने गरेका हुन्छन्।

उनले जेस नामको एउटा एकाउन्ट याद गरेकी थिइन्। त्यसमा एक फलोअर मात्र थियो। केही दिन अगाडि सेयर भएको एउटा मात्र भिडियो त्यसमा थियो। यसको मतलब त्यो आइडी पनि केही दिन अगाडि मात्र खोलिएको थियो। यस्ता हरेक एकाउन्टमा गलत र झुटा कुरा मात्र हुन्थे। युद्धलाई लक्षित गर्दै ती पोस्ट गरिएका हुन्छन्। केही अगाडि भएको कुनै युद्धको तस्बिर लिँदै युद्धको क्रममा युक्रेनकी कलाकार घाइते भएको भन्दै पनि त्यहाँ भिडियो पोस्ट गरिएको थियो।

क्याट्रिनले याद गरेको अर्को एउटा एकाउन्टमा कोरियाली महिलाको तस्बिर खोजेर राखिएको छ। क्यट्रिनले भने अनुसार ती कुनै पनि एकाउन्ट एक पटक भन्दा बढी उनलाई पछ्याउन र सम्पर्क गर्न चाहेनन्। क्याट्रिनकै अनुसार तीनको वास्तविक पहिचान गर्न उनका लागि पनि सम्भव छैन।

फाइल फोटो

युक्रेनमा विभाजन छ भनेर देखाउन रुसले यो नक्कली एकाउन्टको नीति बनाएको या व्यक्ति विशेषले झुटो अफवाह फैलाउनका लागि यसरी नक्कली एकाउन्ट बनाउने गरेका हुन् भन्ने पत्ता लगाउन त कठिन नै छ।

गलत सूचना कारण सामाजिक सञ्जाल कम्पनीकै लागि टाउको दुखाइको विषय बनेको थियो। लामो समय सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको थियो। अहिले भने अवस्था फेरिएको छ। अहिले सुरक्षा मापदण्ड यस्तो कडा पारिएको छ की, सामाजिक सञ्जाल कम्पनीका लागि त्यसता नक्कली एकाउन्ट बन्द नै गर्न पनि धेरै कठिन हुने छैन।

फेसबुक र इन्सटाग्रामसहित ट्विटर र गुगलले पनि गलत सूचनालाई रोक्न आफ्नो कम्पनी प्रतिबद्ध रहेको बारम्बार अभिव्यक्त गरेका छन्। अहिले युक्रेनमा जारी युद्धको समयमा पनि यी सबै गलत सूचना दिने व्यक्तिको सामना गर्न कुनै कसर बाँकी नराख्ने उनीहरूले जनाइ रहेका छन्।

यी कम्पनीले दाबी गरे पनि युक्रेनका युवाले व्यापक प्रयोग गर्ने टीकटक र टेलिग्राममा यो समस्या देखिएको छ। गलत सूचना दिने र अफवाह फैलाउन उद्धत हुनेले अहिले टिकटक र टेलिग्रामलाई नै प्रयोग गर्ने गरेका छन्।

चिनियाँ कम्पनी बाइट डान्सको उत्पादनको रूपमा सन् २०१६ मा टिकटकको सुरुवात भएको हो। अहिले नेपाल जस्तो देशमा यसको प्रयोग बढ्दो छ। यसका थुप्रै बेफाइदा र जोखिम पनि छन्। महत्त्वपूर्ण समयमा अनावश्यक सामग्री पोस्ट हुनेक्रम यी सञ्जालमा यथावतै छन्।

टिकटकले पनि हिंसा भड्काउने खालको सामग्री हटाउनका लागि नयाँ संयन्त्र नै प्रयोग गर्ने जनाएको छ। साथै गलत सूचना रोक्न पनि नयाँ नीति लिने प्रतिबद्धता जनाएको छ।

प्रतिबद्धताका बाबजुद व्यवहारमा भने लागु भएको छैन। टेलिग्रामले भने यस सवालमा कुनै प्रतिबद्धता पनि व्यक्त गरेको छैन।
टिकटक र टेलिग्रामकै कारण अहिले संसारमा समस्या थपिएको छ। गोप्यता भङ्गलगायत अनेकौँ कारण संसारका थुप्रै देशले यी दुवै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइसकेका छन्।

चिनियाँ कम्पनी बाइट डान्सको उत्पादनको रूपमा सन् २०१६ मा टिकटकको सुरुवात भएको हो। अहिले नेपाल जस्तो देशमा यसको प्रयोग बढ्दो छ। यसका थुप्रै बेफाइदा र जोखिम पनि छन्। महत्त्वपूर्ण समयमा अनावश्यक सामग्री पोस्ट हुनेक्रम यी सञ्जालमा यथावतै छन्।

यसैगरी टेलिग्रामको सुरुवात रुसबाट भएको हो । यसको पनि प्रचलन बढ्दो छ। तर, त्यहाँ अफवाह फैलाउनेलाई नियन्त्रण गर्ने कुनै मापदण्ड छैन। यी दुवै सामाजिक सञ्जालबाट हामी उभिएको समाज र देशको गोप्यता समेत भङ्ग हुने भएकाले अझ बढी जोखिम ठानिएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ३७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०