साउदी पुगेका ३० नेपालीलाई अर्कै काम « Khabarhub

साउदी पुगेका ३० नेपालीलाई अर्कै काम


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरब पुगेका ३० नेपाली युवाहरू स्वदेश फर्कन चाहेका छन् । विगत १५ दिनअघि आफूसँग भएको पैसा लगानी गरेर त्यहाँ पुगेका उनीहरू म्यानपावर कम्पनीले भने अनुसारको काम र तलब नपाएको भन्दै स्वदेश फर्कन चाहेका हुन् ।

काठमाडौँमा रहेको प्रितम इम्प्लोइमेन्ट प्रालिमार्फत साउदीको खमिसस्थित गोल्डेन कम्पनीमा पठाएको भए पनि अर्को कम्पनी हाम्स फजरमा काम लगाइएको ओखलढुंगाका कुमार जोगीले गुनासो गरे। ‘म्यानपावरले होटेलको काम हो २६ दिनको (दैनिक १० घण्टा) ९ सय प्लस ३ सय साउदी रियाल दिन्छ भनेर पठाएको हो । ‘हामीलाई कम्पनीले त्यहीँ तलबमा दैनिक १२ घण्टा बिना बिदा (३० दिनै) काम गर्नुपर्छ भनेको छ ’, कुमारले भने, ‘ त्यो पनि होटेलको मात्र होइन सबै काम गर्नु पर्छ, सडकमा बेल्चा चलाउने काम पनि लगाउँछ ।’

प्रितम इम्प्लोइमेन्टलाई प्रतिव्यक्ति १ लाख २० हजारदेखि १ लाख ४५ हजारसम्म बुझाएर होटेलको कामका लागि पुगेका उनीहरू करार सम्झौता पत्रमा उल्लेख गरिएअनुसारको काम र तलब पाएका छैनन् ।

म्यानपावरले पहिला गोल्डेन कम्पनी भनेर झुक्याएर पछि हाम्स फजर कम्पनीको सम्झौता पत्र दिएको उनीहरूले बताएका छन् । ‘हामीलाई होटेलमा राम्रो काम छ भनेर म्यानपावरले फसायो’, उनले थपे, ‘अहिले यहाँ के राम्रो काम हुनु बेल्चा हान्ने देखि सबै काम गर्नुपर्छ । हामीलाई खानाको पनि समस्या छ सय रियाल मात्र दिएको छ, एक छाक खाना र अर्को छाक सुक्खा रोटी खान्छौ ।’

आफूहरूको समस्याबारे पटक-पटक म्यानपावर कम्पनीलाई जानकारी गराएको भए पनि बेवास्ता गरेको उनीहरूले बताएका छन् । पहिला भनेअनुसारको काम नभए बस्न नसक्ने भन्दै उनीहरूले नेपाल फर्किने र म्यानपावर कम्पनीसँग लगानी गरेको रकम फिर्ता दिन अनुरोध गरेका छन्। उनीहरुलाई पठाउने प्रितम इम्प्लोइमेन्टका प्रतिनिधिसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

उनीहरूले आफूहरूलाई सकुशल उद्धार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभाग, रियादस्थित नेपाली दूतावास, विभिन्न सामाजिक अभियन्ता लगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : २२ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र