एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै, आगामी निर्वाचनको रणनीति तय गरिने « Khabarhub

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै, आगामी निर्वाचनको रणनीति तय गरिने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।

बैठक बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुने सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।

उनकाअनुसार बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

पोलिटब्यूरो बैठक बोलाएको एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव डा. बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेस गर्ने तयारी छ ।

बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्य योजना, रणनीति र कार्यक्रमबारे छलफल हुने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ५४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया