फाइल तस्वीर ।

समाचार

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै, आगामी निर्वाचनको रणनीति तय गरिने

By खबरहब

March 07, 2022

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।

बैठक बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुने सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।

उनकाअनुसार बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

पोलिटब्यूरो बैठक बोलाएको एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव डा. बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेस गर्ने तयारी छ ।

बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्य योजना, रणनीति र कार्यक्रमबारे छलफल हुने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।