महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने « Khabarhub

महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १०चैतमा हुनेछ ।

लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ ।

महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबगरि तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता छ ।

विभागीयबाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ । गत वर्ष राष्ट्रिय महिला लिगको उपाधि एपिएफ क्लबले जितेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : २५ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७