जनमत पार्टी जुट्यो स्थानीय तह निर्वाचनको तयारीमा « Khabarhub

जनमत पार्टी जुट्यो स्थानीय तह निर्वाचनको तयारीमा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएको छ ।

त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि २० फागुनसम्म आन्दोलन भएको थियो ।

२० जिल्लामा भइसकेको माटो यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : ०५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका