घलेगाउँमा पर्यटक : २१ वर्षमा दुई लाखभन्दा बढी « Khabarhub

घलेगाउँमा पर्यटक : २१ वर्षमा दुई लाखभन्दा बढी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।

स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो ।

घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा घोषणा गरिने बताए ।

२०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियो । स्मार्टभिलेजको रुपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १२ हजारभन्दा बढी पर्यटक घलेगाउँ भित्रिएका छन्।

आर्थिक वर्ष ०५७/५८ मा घरबास (होमस्टे) सुरु भएपछि हालसम्मको २१ वर्षमा दुई लाख १० हजार ४०५ पर्यटक भित्रिएका छन्। उक्त अवधिमा आन्तरिक मात्र दुई लाख पाँच हजार ४०६ पर्यटक भित्रिए‍।

पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घलेगाउँमा पर्यटक आगमन परानै लयमा फर्किएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ११ : ०१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक