एनएमबी बैंकको १०‍औं विस्तारीत काउण्टर मोरङ्गको बेलबारीमा « Khabarhub

एनएमबी बैंकको १०‍औं विस्तारीत काउण्टर मोरङ्गको बेलबारीमा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ्ग-  एनएमबी बैंकले सेवाग्राहीहरुको सहजहताको लागि  मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।

विस्तारीत काउण्टर शुभारम्भ कार्यक्रममा नेपाल सरकार भूमीव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल सरकार भूमी व्यवस्थापन तथाअभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत  सुनिल के.सि.को विशेष आतिथ्यता रहेको थियो । साथै  एनएमबि बैंक लि. प्रदेश नं. १ का प्रमुख  उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ  मालपोत कार्यालय  काउण्टरको  उद्घाटन गरेको थियो । 

उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ०३ का अध्यक्ष  योगेन्द्र सुवेदी, एनएमबी बैंकका प्रमुख व्यवसाय अधिकृत  गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारीत काउण्टरका प्रमुख  भानुभक्त न्यौपाने, भूमी सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख  लोबहादुर भण्डारी, लगायत लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष  गोविन्द फुयाल अतिथीको रुपमा रहेका थिए । 

 बैंकका प्रमुख कार्यकारी अधिकृत के.सि.ले सरकार–निजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवाप्रदानगर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव मालपोत कार्यलय बेलबारीमा नगद रहित सेवालिन हुन पनि सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई अनुरोध गरेका छन् । 

एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो ।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफ दिइयर नेपाल’प्राप्त गरि सकेको छ ।  

एनएमबी बैंकले यस लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।  

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : ५८ बजे

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू