नेपालमा पाँच महिनादेखि सम्पर्कबिहिन भएका इजरायली नागरिकको खोजी गर्न परिवारको अपिल « Khabarhub

नेपालमा पाँच महिनादेखि सम्पर्कबिहिन भएका इजरायली नागरिकको खोजी गर्न परिवारको अपिल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा विगत पाँच महिनादेखि सम्पर्क विहिन भएका इजरायली नागरिक योङ किद्रोनका परिवारले उनकोे खोजी गर्न सबैलाई आग्रह गरेका छन् ।

खबरहबको सम्पर्कमा आएकी योङ किद्रोनकी भाउजु ओरिट किद्रोनले सन् २०२१को सेप्टेम्बर २१ देखि उनी सम्पर्कविहीन भएकाले आफूहरू चिन्तित भएको बताइन् ।

परिवारले दिएको जानकारी अनुसार योङ इजरायलबाट एक्लै नेपाल आएका थिए । उनले पछिल्लो पटकसेप्टेम्बर २१ मा आफ्नो इन्स्टाग्राम खातामा फोटो पोस्ट गरेका थिए । त्यस्तै, उनले त्यहि दिनबहिनीसँग सम्पर्कमा रहेका बेला उनले अन्तिम पटक सम्पर्क गरेका थिए । उनले बहिनीलाई आफू पदयात्रा सुरु गर्न जानलागेकोले सम्पर्क केही दिन नहुन सक्ने जानकारी गराएका थिए । तर उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको तथा सामाजिक सञ्चाल पनि नचलाएको परिवारले बताएको छ ।

उनले शुरुमा गुप्रमा टे«किङ सुरु गएपनि सोती खोला पुगेपछि एक्लै पदयात्रा सुरु गरेका थिए । सोती खोला मनास्कु सर्किट ट्रेकिङको आरम्भ विन्दु हो ।

उनको नाम मनास्लु पदयात्राको फिलिम चेकपोइन्टमा देखिएको थियो । त्यसपछि धारापानीमा उनको नाम दर्ता भए त्यसपछि कुनै पनि चेक प्वाइन्टमा उनको नाम उल्लेख भएको छैन् ।

उनको भाउजु ओरिटले बताए अनुसार उनको नाम सेप्टेम्बर २४ मा फिलिम चेकपोस्टमा दर्ता भएको थियो भने। त्यसको लगभग १ महिना अन्र्तरालमा अक्टोबर २१ मा धारापानीमा उनको नाम दर्ता भएको थियो ।

परिवारले मनास्लु पदयात्रा गर्न किन यति लामो समय लाग्यो भनेर परिवारले शंका गरेको छ । उनले मनास्लु पदयात्रा सकेर अर्को पदयात्रा शुरु गर्ने बताएका थिए । सामान्यतया मनास्लु पदयात्रा १२ देखि १८ दिनमा सकिन्छ ।

ओरिटले भनिन् योङ त्यसपछि अन्नपूर्ण पदयात्रा गर्न चाहन्थे । ४९ वर्षीय योङको स्वास्थ्य बीमा पोलिसी नोभेम्बरसम्म मात्रै भएकोले करिब २ महिना मात्र उनको नेपाल बस्ने योजना रहेको थियो ।

त्यस्तै, उनको भिसाको म्याद जनवरीमा सकिने थियो । रेकर्ड अनुसार उनले भिसाको म्याद पनि नविकरण गरेका थिएनन् भने उनले नेपालपनि छोडेका छैनन् । परिवार स्रोतका अनुसार उनी नेपालबाट थाइल्याड जान चाहन्थे ।

त्यसैगरी, युवा किद्रोनकी बहिनी इदित किद्रोनले फेसबुकमा लेख्दै यदि कसैलाई योङको बारेमा जानकारी छ वा देख्नुभएको छ भने सम्पर्क गर्न अनुरोध गरेकी छिन् । उनलाई ९७२५४९४७६५५५ वा ९७२५४२३४५६२४ नम्वरमा वा फेसबुकमा सिधैँ सम्पर्क गर्न पनि अनुरोध गरेकी छन् ।

उनको बेपत्ताको विषयमा काठमाौंस्थित इजरायली दूतावासलाई जानकारी गराइएको र दुतवासले प्रहरीको सहयोगमा खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ३२ बजे

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी