छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ, तनहुँ, कञ्चनपुर र दाङमा डुबेर चार जनाको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका–४ बस्ने १८ वर्षीय उपेन्द्र यादवको सोही ठाउँस्थित लोहान्द्रा खोलामा डुबेर आइतबार मृत्यु भएको हो । खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँको भानु नगरपालिका–१ चुदी खोलामा डुबेर सोही ठाउँस्थित एसबीएस इँटाभट्टामा काम गर्ने रोल्पा थपाङ गाउँपालिका–६ बस्ने १८ वर्षीय सुनिल बुढा मगरको आइतबार मृत्यु भएको छ ।

साथीहरूसँग खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मोती अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिकोवस्ती बस्ने दुई वर्षीय अनुरोध तमाङको डुबेर आइतबार मृत्यु भएको छ ।

घर नजिकै रहेको पानीको खाल्टोमा डुबेर अशक्त भएका उनको उपचारको लागि बीएन पोलीक्लिनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–९ तेघरा बस्ने १८ महिनाकी बालिका सृष्टी बुढाको आइतबार डुबेर मृत्यु भएको छ ।

आफ्नै घरमा खेल्ने क्रममा पानीको वाल्टीमा डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : १४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक