छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ, तनहुँ, कञ्चनपुर र दाङमा डुबेर चार जनाको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका–४ बस्ने १८ वर्षीय उपेन्द्र यादवको सोही ठाउँस्थित लोहान्द्रा खोलामा डुबेर आइतबार मृत्यु भएको हो । खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँको भानु नगरपालिका–१ चुदी खोलामा डुबेर सोही ठाउँस्थित एसबीएस इँटाभट्टामा काम गर्ने रोल्पा थपाङ गाउँपालिका–६ बस्ने १८ वर्षीय सुनिल बुढा मगरको आइतबार मृत्यु भएको छ ।

साथीहरूसँग खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मोती अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिकोवस्ती बस्ने दुई वर्षीय अनुरोध तमाङको डुबेर आइतबार मृत्यु भएको छ ।

घर नजिकै रहेको पानीको खाल्टोमा डुबेर अशक्त भएका उनको उपचारको लागि बीएन पोलीक्लिनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–९ तेघरा बस्ने १८ महिनाकी बालिका सृष्टी बुढाको आइतबार डुबेर मृत्यु भएको छ ।

आफ्नै घरमा खेल्ने क्रममा पानीको वाल्टीमा डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : १४ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका