चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सेवा सुरु « Khabarhub

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सेवा सुरु


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेजबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म यातायात सेवा सुरु भएको छ ।

सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँ हुँदै थानकोटसम्म  ऋद्धिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।

यातायात सेवाको नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका यात्रुबाहक बसमा जिपिएस प्रणाली जडान गरी एप्समार्फत नियमन तथा अनुगमन समेत गरिने बताए ।

नगरपालिकाको यस क्षेत्रमा सार्वजनिक यातायातको सहज पहुँच नपुगिरहेको अवस्थामा आजबाट एकैसाथ सञ्चालनमा आउने २२ वटा बसले यहाँका बासिन्दालाई अब यातायातमा चौतर्फी पहुँच पुगेको उनले भने ।   

चाँगुनारायणबाट भक्तपुरहुँदै रत्नपार्क जाने बससेवा सञ्चालन भइरहेपछि मूलपानी, पेप्सीकोलाहुँदै काठमाडौँसम्म जाने यातायात सेवा नहुँदा समस्या परेकामा अब यो समस्या पनि हटेको उनको भनाइ छ ।

चाँगुनारायणबाट भक्तपुरहुँदै काठमाडौँ जाने र चाँगुनारायणबाटै पेप्सीकोला हुँदै थानकोटसम्म जान यहाँका बासिन्दालाई अब निकै सजिलो भएको भन्दै उनले थानकोटसम्म जाने एउटै रुटको बस यहाँबाट सञ्चालन हुनु निकै उपलब्धि भएको बताए ।

चाँगुनारायणबाट काठमाडौँको मूलपानी चौर, पेप्सीकोटा, जडीबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, कुलेश्वर, कलङ्कीहुँदै थानकोटसम्म जाने र सोही रुटबाट फर्कने चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेले जानकारी दिए । कार्यक्रममा नगरपालिकाका तर्फबाट चाँगुनारायण–४ का वडाध्यक्ष अध्यक्ष बुद्धिलाल महर्जन र ऋद्धिसिद्धि यातायातका अध्यक्ष लवकुमार केसीले सहमति पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका थिए ।  

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : २६ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका