पुटिनद्वारा युक्रेनमा फेरि युद्धविराम घोषणा « Khabarhub

पुटिनद्वारा युक्रेनमा फेरि युद्धविराम घोषणा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छाड्न चाहनेहरूकालागि भन्दै युद्धविरामको घोषणा गरेको छ ।

रुसी फौजले ती शहरहरुमा स्थानीय समयअनुसार बिहान १० बजे देखि युद्धविराम घोषणा गरेको हो । युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वयको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमीमारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै युद्धविराम घोषणा गरिएको हो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमै अनुरोध गरेका कारण युद्धविराम घोषणा गरिएको रुसी पक्षको भनाइ छ । रुसी पक्षले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिएको जनाएको छ ।

२४ फेब्रुअरीमा रुसी फौजले युक्रेनमा सैनिक कारवाही थालेयता त्यहाँ भिडन्त जारी छ । केही दिनअघिमात्रै दुई मुलुकले मारिउपोल शहरमा युद्धविराम गरी शहर छाड्न चाहनेहरूका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति गरेका थिए । यद्यपि सो क्षेत्रमा रुसी आक्रमण नरोकिएको युक्रेनी दाबी छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ४० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक