पुटिनद्वारा युक्रेनमा फेरि युद्धविराम घोषणा « Khabarhub

पुटिनद्वारा युक्रेनमा फेरि युद्धविराम घोषणा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छाड्न चाहनेहरूकालागि भन्दै युद्धविरामको घोषणा गरेको छ ।

रुसी फौजले ती शहरहरुमा स्थानीय समयअनुसार बिहान १० बजे देखि युद्धविराम घोषणा गरेको हो । युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वयको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमीमारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै युद्धविराम घोषणा गरिएको हो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमै अनुरोध गरेका कारण युद्धविराम घोषणा गरिएको रुसी पक्षको भनाइ छ । रुसी पक्षले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिएको जनाएको छ ।

२४ फेब्रुअरीमा रुसी फौजले युक्रेनमा सैनिक कारवाही थालेयता त्यहाँ भिडन्त जारी छ । केही दिनअघिमात्रै दुई मुलुकले मारिउपोल शहरमा युद्धविराम गरी शहर छाड्न चाहनेहरूका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति गरेका थिए । यद्यपि सो क्षेत्रमा रुसी आक्रमण नरोकिएको युक्रेनी दाबी छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ४० बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका