भारतद्वारा युक्रेनबाट आफ्ना नागरिक उद्धारको काम जारी « Khabarhub

भारतद्वारा युक्रेनबाट आफ्ना नागरिक उद्धारको काम जारी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले युक्रेनमा फसेका आफ्ना नागरिकको उद्धार कार्यलाई जारी राखेको छ । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले शुरु गरेको अपरेशन गङ्गा अन्तर्गत भारतीय वायुसेनाका पहिलो ४ विमानले ७९८ भारतीयको उद्धार गरेकाे हाे ।

भारतीय वायुसेनाले रोमानिया, हंगेरी र पोल्यान्डको आकाश प्रयोग गरी उनीहरूको उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्विटरमार्फत् जानकारी दिँदै भारतीय वायुसेनाले ९.७ टनको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ ।

‘रोमानिया, हंगेरी र पोल्यान्डका हवाई मैदानको प्रयोग गरी आइएएफका पहिला चार सी–१७ विमानले ७९८ भारतीय नागरिकको उद्धार गरेका छन् । तिनीहरूले ९.७ टनको राहत सामग्री पनि आपूर्ति गरेका छन् ।’ भारतीय वायुसेनाको ट्वीटमा उल्लेख छ ।

भारतका रक्षा राज्यमन्त्री अजय भटले स्वदेश फर्केका नागरिकहरुको स्वागत गरेको र उनीहरूसँग कुराकानी गरेको भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ०० बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको