नेप्से परिसूचक झिनो अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ४९२.५३ मा पुगेको छ । कूल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर रु दुई अर्ब ६० करोड नौ लाख ३० हजार ४०३ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.४, होटल तथा पर्यटन १४.१८, निर्जीवन बीमा ९.८८, उत्पादन ८७.६३, अन्य ३५.५ अङ्कले उकालो लागेको छ ।

यस्तै व्यापार १५.७४, विकास बैंक २१.४१, जलविद्युत् ३१.९९, वित्त २८.२४, लघुवित्त ४.५७, जीवन बीमा १५०.३२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५७ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३६ खर्ब छ अर्ब २२ करोड ६२ लाख ७० हजार ६२४ बराबर रहेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २७ करोड ६९ लाख ३२ हजार ८६३ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड ६२ लाख ७६ हजार ४८६, नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड छ लाख २५ हजार, एनआइसी एशिया बैंक रु १० करोड ५० लाख २७ हजार ५८२ र पाँचथर पावर कम्पनी रु १० करोड ४२ लाख २७ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ५.८९, बोटलर्स् नेपाल तराई ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१ र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले ३.१८ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ६.९०, पञ्चकन्या माई हाइड्रोपावर ४.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.१३, बरुण हाइड्रोपावर ३.९१ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : १६ बजे

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते