बझाङको केदारस्युँ गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो | Khabarhub Khabarhub

बझाङको केदारस्युँ गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका प्रथम भएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ पहिलो नम्बरमा देखिएको हो ।

प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३.६ प्रतिशत अङ्क पाएको छ । सुर्मा ६९.९३, छविस पाथिभेरा ६९.११, दुर्गाथली ६८.४७, थलारा ६६.८८, तलकोट ६५.७४, साइपाल ६५.४९ र बुङ्गल नगरपालिकाले ६१.९३ अङ्क पाएका छन् । यसैगरी मष्टा गाउँपलिका ५६.६८, जयपृथ्वी नगरपालिका ५६.४९, खप्तडछान्ना गाउँपालिका ५६.१० र वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएका बताइएको छ ।

जिल्लामा सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आव २०७९/८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो । स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरूलाई अङ्क दिने गरिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ४४ बजे

अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं– सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

टेक्सस–  विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली

‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’

काठमाडौँ – निजामती सेवामा कुलिङ पिरियड (विश्राम अवधि) स्पष्ट नहुँदा

रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति

काठमाडौं – दलित महिला सङ्घ (फेडो)ले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा