अमिताभ बच्चनको शिरमा ढाकाटोपी « Khabarhub

अमिताभ बच्चनको शिरमा ढाकाटोपी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिजेन्ड बलिउड एक्टर अमिताभ बच्चनले नेपाली ढाकाटोपी लगाएका छन् । बच्चनले ढाकाटोपी लगाएको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका हुन् ।

फोटोको क्याप्सनमा उनले ‘केटी को… केटी को…’ लेखेका छन् । तस्वीरमा उनले कैलो कोट पनि लगाएका छन् । फ्लिमको सुटिङका क्रममा उनले नेपाली ढाका टोपी लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल उनी ‘उँचाई’ चलचित्रमा व्यस्त छन् ।

हाल यो चलचित्र भारतको उत्तराखण्ड राज्यमा सुटिङको क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिनाअघि मात्रै यो फ्लिमको टिमले नेपालमा आएर शुटिङ गरेको थियो ।

शुरुमा बच्चन पनि नेपालमा आउने भनिएपनि अस्वस्थताका कारण आउन पाएका थिएनन् ।

हाल उनले पोष्ट गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको तस्वीरले हालसम्म ३ लाख १४ हजार लाइक्स पाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ५३ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो