अमिताभ बच्चनको शिरमा ढाकाटोपी « Khabarhub

अमिताभ बच्चनको शिरमा ढाकाटोपी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिजेन्ड बलिउड एक्टर अमिताभ बच्चनले नेपाली ढाकाटोपी लगाएका छन् । बच्चनले ढाकाटोपी लगाएको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका हुन् ।

फोटोको क्याप्सनमा उनले ‘केटी को… केटी को…’ लेखेका छन् । तस्वीरमा उनले कैलो कोट पनि लगाएका छन् । फ्लिमको सुटिङका क्रममा उनले नेपाली ढाका टोपी लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल उनी ‘उँचाई’ चलचित्रमा व्यस्त छन् ।

हाल यो चलचित्र भारतको उत्तराखण्ड राज्यमा सुटिङको क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिनाअघि मात्रै यो फ्लिमको टिमले नेपालमा आएर शुटिङ गरेको थियो ।

शुरुमा बच्चन पनि नेपालमा आउने भनिएपनि अस्वस्थताका कारण आउन पाएका थिएनन् ।

हाल उनले पोष्ट गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको तस्वीरले हालसम्म ३ लाख १४ हजार लाइक्स पाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ५३ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर