युक्रेनमा ११ हजार रुसी सैनिक मारिए « Khabarhub

युक्रेनमा ११ हजार रुसी सैनिक मारिए


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टर समेत खसालेको जनाएको छ ।

गत फेब्रुअरी २४ यता जारी रुसी सैनिक आक्रमणका क्रममा रुसका २८५ ट्याङ्क ध्वस्त पारिएको विभागको भनाइ छ ।

रुसी पक्षबाट युक्रेनले सार्वजनिक गरेको हताहतिको विवरणबारे कुनै प्रतिक्रिया आएको छैन । यसअघि रुसले केही दिनअघि युक्रेनमा जारी सैनिक कारवाहीमा आफ्ना ५ सय भन्दा कम सैनिक मारिएको जनाएको थियो ।

यद्यपि युद्धका क्रममा भएको हताहतिको अनुमान गर्न सहज नभएको सुरक्षा विश्लेषकहरूका उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५१ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार