राष्ट्रव्यापी स्कुल बक्सिङ चैत पहिलो साता आयोजना हुने « Khabarhub

राष्ट्रव्यापी स्कुल बक्सिङ चैत पहिलो साता आयोजना हुने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ ।

नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म हुने जनाएको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा देशभरका जिल्ला र क्लबका ७० देखि ८० खेलाडीको सहभागिता रहने प्रतियोगीताका संयोजक प्रकाश थापा मगरले जानकारी दिए।

विद्यालयदेखि नै खेलाडीको बिकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ छ ।

प्रतियोगितामा ब्वाइजतर्फ १० वटा र गर्ल्सतर्फ ८ वटा तौल समूहमा गरी जम्मा १८ वटा स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ३५, ३७,४०,४३,४६,४९, ५२, ५५,५८ र ६१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ३५,४०,४३,४६,४९,५२,५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५६ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा