राष्ट्रव्यापी स्कुल बक्सिङ चैत पहिलो साता आयोजना हुने « Khabarhub

राष्ट्रव्यापी स्कुल बक्सिङ चैत पहिलो साता आयोजना हुने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ ।

नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म हुने जनाएको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा देशभरका जिल्ला र क्लबका ७० देखि ८० खेलाडीको सहभागिता रहने प्रतियोगीताका संयोजक प्रकाश थापा मगरले जानकारी दिए।

विद्यालयदेखि नै खेलाडीको बिकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ छ ।

प्रतियोगितामा ब्वाइजतर्फ १० वटा र गर्ल्सतर्फ ८ वटा तौल समूहमा गरी जम्मा १८ वटा स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ३५, ३७,४०,४३,४६,४९, ५२, ५५,५८ र ६१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ३५,४०,४३,४६,४९,५२,५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक