नेपालले युक्रेनको पक्ष मानवीयताको आधारमा लिएको हो –परराष्ट्रमन्त्री खड्का « Khabarhub

नेपालले युक्रेनको पक्ष मानवीयताको आधारमा लिएको हो –परराष्ट्रमन्त्री खड्का


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री  नारायण खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनका बिषयमा नेपालले धारणा तय गरेको दाबी गरेका छन्  ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले रुसले आक्रमण गरेको युक्रेनको नेपालले पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको बताए । यो असंलग्न परराष्ट्र नीति अन्तर्गत नै रहेर गरिएको हो उनले भने  ।

उनले  ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइएको जानकारी दिँदै आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

उनले शान्तिपूर्ण सहअस्तित्वको विषय पनि असंग्लन अन्तर्गत पर्ने धारणा राखे । त्यस्तै उनले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको जानकारी दिए ।

खड्काले सुमधुर सम्बन्ध रहेका चीन र नेपालले सबै विषयलाई संवाद र समन्वयको माध्यमबाट अघि बढ्ने प्रयास गरेको बताए ।

पत्रकार सम्मेलनमा उनले अफगानिस्तानको मानवीय सङ्कटमा सहयोग पुर्‍याउन लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठूलो सन्देश गएको दाबी गरेका छन्  ।

मन्त्री खड्काले छिटै नै नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुन लागेको पनि जानकारी गराएका थिए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : २५ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा