फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने « Khabarhub

फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हात्तीपाइले रोग निवारणका लागि फाल्गुन २८ गते देखि विभिन्न १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।

सोमबार काठमाडौँमा हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन अभियानका बारेमा जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको जानकारी दिएको हो ।

महाशाखाले झापा, बारा, लमजुङ, पर्वत र बागलुङ तथा मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको महाशाखाका निर्देशक डा. चुम्बनलाल दासले जानकारी दिए। उनले हात्तीपाइले रोग निवारणका लागि सचेतनामुलक कार्यक्रमको पनि आयोजना गरिने बताए।

नेपालका ६३ जिल्लाबाट सुरु गरिएको औषधी सेवन अभियान ५३ जिल्लामा बन्द गरिसकेको र १० जिल्लामा संक्रमण दर नघटेको पाइएकोले पटक पटक औषधी खुवाउनु परेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ०७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक