ट्रोसा परियोजना समुदायलाई हस्तान्तरण « Khabarhub

ट्रोसा परियोजना समुदायलाई हस्तान्तरण


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- महाकाली नदी किनारका समुदायमा लागू गरिएको दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुपयोग, ‘ट्रोसा’ परियोजना स्थानीय सरकार तथा समुदायलाई हस्तान्तरण गरिएको छ ।

ट्रोसा परियोजना सम्बन्धमा धनगढीमा आयोजित दुईदिने कार्यशालामा सहभागी स्थानीय सरकारका प्रमुख तथा समुदायका प्रतिनिधिलाई परियोजना हस्तान्तरण गरिएको हो ।

दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला हुँदै बग्ने महाकाली नदी किनारमा बस्ने समुदायमा यो परियोजना पाँच वर्षअघिदेखि कार्यान्वयनमा ल्याइएको थियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक डा आरजु राणा देउवाले सीमा नदी महाकालीमा आयोग बनाएर काम गर्न जरुरी रहेको सुझाव दिइन् ।

उनले पाँच वर्षसम्म महाकाली नदी किनारमा बसोबास गर्ने समुदायका निम्ति काम गर्दा यहाँका स्थानीयमा उपलब्धि देखिएको धारणा व्यक्त्त गरिन्  ।

परियोजनाका राष्ट्रिय निर्देशक कृष्णकुमाल श्रेष्ठले परियोजनले सञ्चालन गरेका गतिविधिमार्फत नदी किनारमा बसोबास गर्ने समुदाय पानीमाथिको आफ्नो हकहित कसरी स्थापित गर्ने भन्ने विषयमा काम गर्न जागरुक भएको देखिएको बताए ।

महाकाली नदीमा वर्षेनी हुने बाढी डुबानका कारण हुने क्षति न्यूनीकरण गर्नमा समेत परियोजनामार्फत काम भएको छ । यसका लागि डडेलधुराको रङ्गुनमा रहेको महाकाली नदी भागमा पूर्वसूचना प्रणाली स्थापना गरिएको छ । नदीका कतिपय भागमा ‘र्‍याफ्टिङ’ जलयात्रासमेत सञ्चालन गर्ने गरिएको छ ।

जलयात्राका माध्यमबाट पर्यटन प्रवर्द्धन कसरी जोड्ने भन्ने विषयमा समेत सम्बन्धित पक्षसँग छलफल गरिएको पनि सो कार्यक्रममा जानकारी दिइएको थियो । यो परियोजनाले नेपालबाहेक भारत, वर्मा र बङ्गलादेशमा समेत काम गरिरहेको बताइएको छ । कार्यशालामा सरोकारवालाबीच परियोजनाका उपलब्धिको समीक्षासमेत भएको थियो ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : १० बजे

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडी

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले