पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन- वरिष्ठ नेता पौडेल « Khabarhub

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन- वरिष्ठ नेता पौडेल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली काँग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए ।

‘काँग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ,’ उनले भने। एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । वरिष्ठ नेता पौडेलले जनताको सेवालाई मूल धर्म सम्झिएर कार्यकर्ता गाउँगाउँ पुगेर काँग्रेसको प्रचार गर्नुपर्ने जोड दिए । 

वरिष्ठ नेता पौडेलले अहिले रहेको चार दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने जोड दिएका छन् । समावेशी संविधानका लागि एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गरेर जाँदा काँग्रेसलाई नै फाइदा पुग्ने धारणा व्यक्त गरे । ‘संविधान रक्षाका लागि पहिला गठबन्धन गरेका हौँ, अब पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छु’, उनले भने । काँग्रेस जहाँ जहाँ कमजोर छ त्यहाँ गठबन्धन गर्दा नै फाइदा पुग्ने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले एमसीसीका बारेमा जनतामा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए । एमसीसी नेपालको गरिबी निवारणका लागि उपयोगी हुने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेल बन्दीपुरको झारगाउँमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए । साथै उनले व्यास नगरपालिका–४ मा आइतबार आगलागीबाट क्षति भएको स्थलको निरीक्षण गर्दै पीडित परिवारलाई सान्त्वना दिएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ४० बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका