नागरिकताविहीनबाट धनुषाको ढल्केवरमा प्रदर्शन « Khabarhub

नागरिकताविहीनबाट धनुषाको ढल्केवरमा प्रदर्शन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नागरिकताविहीन रहेकाहरूले सोमबार धनुषाको ढल्केवरमा प्रदर्शन गरेका छन् ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।

लामो समयदेखि संसदमा रहेको नागरिकता विधेयक तत्काल पारित हुनुपर्ने माग गर्दै उनीहरूले सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।

‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइँदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजका आधारमा नागरिकता दे’ लगायतका नारा लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले नागरिकताविहीन सङ्घर्ष समितिका केन्द्रीय संयोजक जित साफी, रविन्द्र कुशवाहा र अशोक साहलाई पक्राउ समेत गरेको थियो ।

 

प्रदर्शनको नाममा चक्काजाम गरेपछि उनीहरूलाई पक्राउ गरी दुई घण्टापछि रिहा गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।
संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाट समेत नागरिकता दिनुपर्ने मागसहित दबाबमुलक सातदिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : २७ बजे

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका