डब्लूएचओको स्थापना दिवस मनाइँदै « Khabarhub

डब्लूएचओको स्थापना दिवस मनाइँदै


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्योयोर्क – आजकै दिन अर्थात् सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो ।

हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो ।

सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउने निर्णय गरेको थियो । पहिलो विश्व स्वास्थ्य दिवस अप्रिल ७, १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।

विश्वव्यापी स्वास्थ्यको लागि महत्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रुपमा यस दिनलाई उपयोगसमेत गरिन्छ । स्वास्थ्य दिवसको अवसरमा डब्लूएचओले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय कार्यक्रम अयोजना गर्छ । यस वर्षको विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ८ : ०७ बजे

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार