छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–१३ सोल्टि दोबाटोमा बा.१७ च ४९०३ नम्बरको भ्यानले प्र.३ ०२–०२८ प ७५२१ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका–२ बस्ने ३० वर्षीय किसोर सुबेदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा बा. १६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल इमाडोलमा उपचारका क्रममा मृत्यु भएको हो ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ झुवानी बस्ने ४० वर्षीय मलाहा महतो रहेका छन् ।

झापाको दमक नगरपालिका–१० जहदा टोलमा ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने सोही नगरपालिका–८ बस्ने २३ वर्षीय विकास ताजपुरिया रहेका छन् ।

पर्साको संखुवाप्रसौनी गाउँपालिका–२ गुल्बरियामा प्रदेश नं.२–०३–००१ त ४०९४ नम्बरको ट्रयाक्टरको टेलरबाट खसेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने धनिलाल यादवको ५ वर्षीय छोरा रितेशकुमार यादव रहेका छन् ।

काभ्रेको रोशी गाउँपालिका–९ चिउरीबासमा प्रदेश ३–०२–००१ प ३६४८ नम्बरको मोटरसाइकल बा.४ ख ५८०१ नम्बरको बसमा ठोक्किदा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक म्याग्दी बेनी नगरपालिका–२ बस्ने २४ वर्षीय सरोज कुवँर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १ : १२ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन