बैतडीमा तीन दलको जिल्ला स्तरीय संयन्त्र गठन « Khabarhub

बैतडीमा तीन दलको जिल्ला स्तरीय संयन्त्र गठन


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न बैतडीमा तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् ।

सत्ता साझेदार दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको संयुक्त बैठकले स्थानीय तहहरूमा चुनावी तालमेल गर्न जिल्ला स्तरीय संयन्त्र गठन गरेको हाे ।

बैठकको निर्णयअनुसार गठबन्धनमा रहेका दलहरूको केन्द्रीय परिपत्र तथा निर्देशनअनुसार जिल्लामा गठबन्धनको प्रभावकारिता एवं छलफलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरिएको हो ।

संयन्त्रमा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक संकर भण्डारी र नेकपा (एस) का इन्चार्ज प्रमानन्द भट्ट रहेका छन् ।

यसैगरी, जिल्लामा रहेका १० ओटै स्थानीय तहमा गठबन्धनको केन्द्रीय सर्कुलरअनुसार निर्णय गर्ने बताइएको छ ।

Avatar

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : ४४ बजे

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ