नेप्सेमा दोहोरो अंककाे सुधार « Khabarhub

नेप्सेमा दोहोरो अंककाे सुधार


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस हप्ता लगातार चार दिन घटेको बजार पाँँचाैं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ ।

बजार उकालो लागे पनि कारोबार रकममा भने खासै उल्लेखनीय सुधार आएको छैन । २२४ वटा कम्पनीको सेयर कारोबार हुँदा कारोबार रकम भने दुई अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२४ वटा कम्पनीमध्ये १९० वटा हरियो २७ वटा रातो र सातवटा भने स्थिर रहेका छन् ।

बजार उकालो लाग्दा नेश्डो लघुवित्त र हिमालयन पावर दुई कम्पनी सर्किट लेबलमा कारोबार भएका छन् । नेश्डो लघुवित्तको अन्तिम कारोबार १७ सयमा र हिमालयनको भने ४६२ रुपैयाँमा भएको छ । यसैक्रममा नेपाल दूरसञ्चारको शेयर मूल्य भने ६२ अंकले बढ्दा अन्तिम कारोबार ११३० मा भएको छ ।

अत्याधिक घट्नेमध्ये राष्ट्रिय उत्थान ७ दशमलव ७१ प्रतिसतले घट्दा १५ सय ३२ मा कारोबार भएको छ भने इमजिन नेपाल ६ दशमलव ६१ प्रतिशतले घट्दा १११२ मा अन्तिम कारोबार भएको छ ।

बजारमा सबैभन्दा धेरै कारोबार हुनेमध्ये नबिल बैंक ७ करोड ३८ लाख बराबरको भने प्राइम बैंक ६ करोड ७१ लाख बरबरको सेयर कारोबार भएको छ । अत्याधिक बढ्ने क्रममा भने ३ दशमलब ५९ प्रतिशतले अन्य इन्डेक्स र १ दशमलब ७ प्रतिसतले डेभलपमेन्ट बैक इन्डेक्स उकालो लागेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ४ : ५२ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले