नियमित खोप कार्यक्रममा टाइफाइड खोप समावेश « Khabarhub

नियमित खोप कार्यक्रममा टाइफाइड खोप समावेश


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सरकारले आजदेखि खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत टाइफाइड खोपको सुरुवात गरेको छ ।

यही चैत्र २५ देखि वैशाख १८ सम्म चल्ने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ ।

साथै यस अभियानले वृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ। देशभरिका ग्रामिण र शहरी क्षेत्रहरूमा ५०,००० भन्दा बढी विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ । अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन्।

टाइफाइडबाट अधिक प्रभावित मुलुकहरूको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ ।

युनिसेफ नेपालका प्रतिनिधि एल्के विशले भने, “बालबालिकाको स्वस्थ्य जीवनको सुरुवातको लागि खोप एक राम्रो लगानी हो। राष्ट्रव्यापी नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि सामेल गर्नाले हजारौं बालबालिकाको ज्यान बच्नेछ। कोभिड–१९ महामारीले स्वास्थ्य सेवामा व्यापक रूपमा असर गरेको सन्दर्भमा टाइफाइड खोपको सुरुवात र नियमित खोप कार्यक्रमको सशक्तिकरण निकै समय सान्दर्भिक छ ।”

यस टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निर्क्यौल गर्नेछ र सबै बालबालिका सबै प्रकारको खोप पाई सुरक्षित रहुन् भनि सुनिश्चित गर्न पनि मद्दत पुर्याउनेछ ।

शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय नजाने बालबालिकाको पहिचान गरिनेछ भने स्थानीय प्रशासन र सामुदायिक स्वास्थ्यकर्मीहरूको सहयोगमा उनीहरूको हेरचाह गर्ने व्यक्तिहरूलाई यस खोपको महत्वका बारेमा सचेत गराई खोप केन्द्रहरूको बारेमा जानकारी समेत दिइनेछ । टाइफाइड रोग बाट बच्नका लागि सरसफाइको महत्वको बारेमा पनि यस अभियान मार्फत सचेतनाका कार्यक्रमहरु सञ्चानल गरिनेछ ।

विश्व स्वास्थ्य सङ्गठन नेपाल स्थित कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले भने, “टाइफाइड कन्जुगेट खोप निकै प्रभावकारी छ र नेपालमा बालबालिकामा टाइफाइडले पार्ने नकारात्मक प्रभाव कम गर्न यस खोपले धेरै मद्दत पुर्‍याउने छ । साथै यस खोपले बढ्दै गइरहेको औषधी प्रतिरोधी टाइफाइड जीवाणुको विश्वव्यापी स्वास्थ्य समस्याको न्यूनीकरणमा सहयोग गर्नेछ ।”

 

 

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ११ : २२ बजे

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र