बैतडीमा जिप दुर्घटना हुँदा एक जना घाइते « Khabarhub

बैतडीमा जिप दुर्घटना हुँदा एक जना घाइते


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर ६ छेलामा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । म१ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ की ६५ वर्षीय गोबडीदेवी साउँद घाइते भएकी हुन् ।

उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

सो जिपमा शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्त र हेमन्त जोशी पनि सवार रहेका बताइएको छ । कर्मचारी पन्तले जबरजस्ती जिप चलाउन खोज्दा दुर्घटना भएको भनिए पनि प्रहरीले सो कुरा अस्वीकार गरेको छ ।

प्रहरीले जिप चालक वीरेन्द्र महताले नै जिप चलाएको दाबी गरेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ७ : २३ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन