सर्लाहीकै कान्छो उम्मेदवारमा युवा नेता घिमिरेको उम्मेदवारी « Khabarhub

सर्लाहीकै कान्छो उम्मेदवारमा युवा नेता घिमिरेको उम्मेदवारी


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका -५ को वडा अध्यक्षका लागि नेकपा एमालेका युवा नेता मन्दिप राज घिमिरे चुनाव लड्न तयार भएका छन् । ईश्वरपुर- ५ दस्बिगा निवासी घिमिरेले ईश्वरपुर नगरपालिका-५ को वडा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका घिमिरे राजनीतिक यात्रा भने निकै नै रोचक र सफल रहेको देखिन्छ ।

विगत लामोसमयदेखि अनवरत रुपमा युवा विद्यार्थी, महिला, मजदूर, किसान, दलित लगायतका पीडित, उत्पीड़ित वर्ग र समुदायको हक अधिकारका लागि शसक्त रुपमा आवाज उठाउदै आइरहेका छन्।

“पारदर्शी एवं जन उत्तरदायी सरकार ! सुशासन एवं समुन्नतिको मुल आधार !!” संगसंगै “बदलाव र विकासको मुल आधार ! कुशल नेतृत्व एवं मजबुत सरकार !!” जस्ता आफ्नो प्रमुख नाराहरुलाई व्यवहारतः आम जनताले देख्न, बुझ्न र महशूस गर्न सक्ने ढंगबाट लागू गरी “समृद्ध ईश्वरपुर नगर र सुखी ईश्वरपुर नगरवासी” निर्माण मार्फत ईश्वरपुर पहिलो मजबुत आधार तयार पार्ने दृढ संकल्पका साथ उनी चुनावी मैदानमा आइरहेको घिमिरे बताउँछन्।

घिमिरे स्थानीय जनताका बीच उनी निकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनी भन्छन्, ‘मेरो मूल चाहना अध्यक्ष बनेर मुलुक र समाजलाई सही मार्ग दर्शन एवं नेतृत्व प्रदान गरी देश र जनताको सेवा गर्नु नै हो। जसले गर्दा पार्टीले पनि मेरो नयाँ सोच, शैली र सामर्थ्यलाई सही एवं सार्थक रुपमा सदुपयोग गरी ईश्वरपुर -५ को आम नगरवासी जनताको सेवा गर्न मलाई सर्व सहमत रुपमा टिकट दिन्छ, भन्ने विश्वास छ।’

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : ३५ बजे

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ