अमेरिकाद्वारा ‘कोन्टी’ ह्याकरबारे सूचना दिनेलाई डेढ करोड डलर इनाम घोषणा « Khabarhub

अमेरिकाद्वारा ‘कोन्टी’ ह्याकरबारे सूचना दिनेलाई डेढ करोड डलर इनाम घोषणा


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले रुसी ह्याकिङ समूहबारे गोप्य सूचना दिनेलाई डेढ करोड इनाम घोषणा गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता नेड प्राइसले ‘कोन्टी’ भनिने रुसी साइबर आक्रमणकारीको समूहबारे गोप्य सूचना दिनेलाई १ करोड ५० लाख डलर इनाम घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस समूहका नाइकेको स्थानबारे जानकारी दिनेलाई १ करोडको इनाम राखिएको छ । त्यस्तै, यस समूहका सदस्यलाई पक्राउ गर्न सूचना दिनेलाई ५० लाख डलरको इनाम घोषणा गरिएको रोयटर्सले जनाएको छ ।

‘यो इनाम घोषणा गरेबाट फिरौती माग्न साइबर अपराधीहरूले गर्ने आक्रमणबाट विश्वभरका सम्भावित पीडितहरूलाई बचाउन अमेरिकाको प्रतिबद्धता स्पष्ट हुन्छ ।’ प्राइसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यो ह्याकिङ समूहले कम्प्युटर सञ्जालमा आक्रमण गरेर फिरौती माग्ने गरेको बताइन्छ । गत वर्षमात्रै यो समूहले १६ आकस्मिक सेवा र चिकित्सकीय क्षेत्रमा साइबर आक्रमण गरेको अमेरिकाको संघीय जाँचबुझ ब्युरोले जनाएको छ ।

रोयटर्सले जनाएअनुसार ‘कोन्टी’ समूहले हालसम्म १ हजार भन्दा धेरैलाई निशाना बनाइसकेको छ । पीडितहरूबाट यो समूहले हालसम्म डेढ करोड डलर भन्दा धेरै फिरौती प्राप्त गरेको जनाइएको छ ।

यसबाहेक यही अप्रिल महिनामा ‘कोन्टी’ समूहले ल्याटिन अमेरिकी मुलुक कोष्टा रिकाको कर तथा भन्सार क्षेत्रलाई निशाना बनाउँदा त्यहाँको विदेशी व्यापार समेत प्रभावित भएको प्राइसले बताए ।

गत फेब्रुअरी महिनामा यो समूहले रुसका विरोधीहरुलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ४८ बजे

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना