जुम्ला जिससको नयाँ नेतृत्व चयनका लागि जेठ २९ गते निर्वाचन « Khabarhub

जुम्ला जिससको नयाँ नेतृत्व चयनका लागि जेठ २९ गते निर्वाचन


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ ।

कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए। जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई उपाध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले दुई पालिकामा अध्यक्ष र तीन उपाध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादीले एक उपाध्यक्ष जितेको छ । चन्दननाथ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतदाताका हिसाबले जुम्ला जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्काजस्तै छ ।

जिससको नयाँ नेतृत्व चयनका लागि यही जेठ २९ गते निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र कांग्रेस उपप्रमुखको नेतृत्व गरेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : ०७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा